काठमाडौं / राष्ट्रिय खेलकुद परिषदको भावी सदस्य सचिवको लागि स्पोर्टस् साइन्समा विद्यावारिधि (पिएचडी) गर्नुभएका अच्युत लामिछानेले युवा तथा खेलकुद मन्त्रालयमा सदस्य सचिव पदमा निवेदन दर्ता गर्नुभएकाे छ ।
अहिलेसम्म सदस्य सचिवका लागि दुई महिलासहित ११ जनाले निवेदन दिएका छन्। जसमा विद्यावारिधि गरेको व्यक्ति भने लामिछाने मात्रैै हुन् । लामिछाने स्पोर्टस् साइन्समा विद्यावारिधि गर्ने पहिलो नेपाली समेत हुन् । उहाँको उमेर ४३ वर्षीय भएकाे छ। लामिछानेले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयवाट स्नातक, स्नाकोत्तर र विद्यावारिधि गर्नुभएको छ् ।
उहांले सन् २०१२ देखि २०१६ सम्म राष्ट्रिय खेलकुद परिषदअन्तर्गत स्पोर्टस् साइन्स एकेडेमी (शान) सातदोबाटोमा खेल विज्ञको रूपमा चार वर्ष कार्य गरिसकेनु भएकाे छ। लामिछाने तेक्वान्दोका ब्ल्याकबेल्टसहित चार डान समेत लिईका छन् । स्पोर्टस् साइन्स एकेडेमी (शान) मा आवद्ध रहँदा उहांले खेलकुदको आधारभूत विकास नभएको र खेलकुदको नीति–सिद्धान्तभित्र रहेर खेलकुदको गतिविधिलाई पुणरुपमा सञ्चालन नभएको लामिछानेको जिकिर छ ।
उहांले राजनीतिक दबाबमा रहेर सबै निर्णय गरिने हुँदा त्यसमा सुधार गर्न आफूले सदस्य सचिवको उम्मेदवारमा निवेदन दिन चांहेकाे उहांकाे भनाई रहेकाे छ।लामिछानेले सदस्यसचिवको लागि उम्मेदवारी दिँदा समग्र खेलकुदको विकास ‘राष्ट्रिय खेलकुद विकास परियोजनाको खाका बनाएर कार्यपत्र निवेदनका साथ पेस गरेका छन् ।
रिसर्च गरेर दिन नपाए पनि नेपाल सुहाउँदो वैज्ञानिक ढङ्गले तयार पारेर आफुले कार्यपत्र तयार गरि दिएको लामिछानेले जनाएका छन्। लामिछाने ‘राष्ट्रिय खेलकुद विकास परियोजना सम्बन्धी ६५ पेज लामो कार्यपत्र पेस गरेका गर्नुभएको छ।
आफुले निवेदनसहित कार्यपत्र मन्त्रालयमा बुझाउँदा समितिका पदाधिकारीले यो लेवलको उम्मेदवारी र कार्यपत्र आउँछ भन्ने विश्वास नलागेको भन्दै सकारात्मक धारणा राखेको लामिछानेले भने। साथै तपाईंजस्तो व्यक्तिको खेलकुदमा खाँचो र चाहिन्छ पनि भनेको लामिछाने भाव सुनाउनुभयाे।
म सदस्य सचिवको लागि योग्य व्यक्ति हुँ, तर म सदस्यसचिव नहुँदा पनि खासै फरक पर्दैन । म खेलकुदलाई माया गर्ने व्यक्ति भएकोले म सदस्य सचिवमा चयन नहुँदा ,पनि राज्यलाई खेलकुदको विकासको लागि काम लागोस भनि ६५ पेज लामो कार्यपत्र पेश गरेको लामिछानेले प्रस्टसँग भन्नु भयाे।
सदस्य सचिवको उम्मेदवारीको लागि निवेदन दिने अन्तिम मिति साउन १ गते बिहीबार थियाे।





















