काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सँगै लिएर हिड्ने बचन दिएका छन् ।
मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका बाबुरामलाई प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् ।
भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।





















