चितवन / दोश्रो इच्छाकामना महोत्सव २०७९ भदौ ९ गतेदेखी हुने भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा भदौ ९ गतेखी १९ गते सम्म कुरिनटारमा हुने भएको हो ।
‘हामी सबैको चाहना ,समृद्द ईच्छाकामना’ भन्ने मुल नाराका साथ वाड कार्यालयले महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष रुद्रप्रसाद उप्रेती बताउनुभयो ।
केही बर्षयता कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको उहाँको भनाई छ ।
वडा कार्यालयको आयोजनामा हुने महोत्सवको संरक्षक भने इच्छाकामना गाउँपालिका रहने आयोजकले जनाएको छ ।
दोश्रो इच्छाकामना महोत्सव भदौ ९ गते देखी हुने
दोश्रो इच्छाकामना महोत्सव भदौ ९ गते देखी हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















