चितवन / आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनी नारायणगढद्धारा महिला सम्बन्धि स्वास्थ्य शिविर मङलबार सम्पन्न गरेको छ ।
आई एम ई लाईफ ईन्स्योरेन्सको सफल पाँचौ बर्ष दिवस को उपलक्ष्यमा बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल को विशिष्ट क्यान्सर बिषेशज्ञ टोलि को सहयोगमा चितवनको भरतपुर महानगरपालिका वडा न १८ मिलनचोक मिलन क्लबमा महिला स्वास्थ्य जाँच (महिलाको पाठेघर को मुख को क्यान्सर) तथा महिला स्वस्थ्य सम्बन्धि जनचेतना मुलक शिविर सम्पन्न भयो ।
स्वस्थ्य सम्बन्धि स्वास्थ्य शिविरमा महिलाको पाठेघर को मुख को जाँचमा ८५ जनाले र स्तन समन्धि जाँचमा ८० जना गरि जम्मा १६५ जना महिलाहरुले स्वास्थ्य जाँच गर्नु भएको थियो । क्यान्सर रोकथाम अनुसन्धान बिभाग प्रमुख कृष्ण प्रसाद सुवेदी , बरिष्ठ नर्सिङ अधिकृत अयोध्या पाठक , डाक्टर पुनम खरेल लगायतका १० जना को समूह को टोलि बाट स्वास्थ परिक्षण भएको थियो ।
एरिया मेनेजर येशु ढुङ्गानाले सञ्चालन गर्नु भएको स्वास्थ्य शिविर कार्यक्रममामा चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्रशासकिय अधिकृत श्याम बहादुर खड्का अतिथि रहनुभएको थियो । उक्त स्वास्थ्य शिविरमा आई एम ई लाईफ ईन्स्योरेन्सको नारायणगढको शाखा प्रमुख किरण सापकोटा, एजेन्सी मेनेजर दिपक ढकाल र कुस्माखर अधिकारी ले स्वस्थ्य सम्बन्धि जनचेतना मुलक मन्तव्य राख्नुभएको थियो ।

उक्त स्वास्थ्य शिविरमा नारायणगढको शाखा प्रमुख किरण सापकोटा ,हाकिमचोकको शाखा प्रमुख कुशुम तिमिल्सेना , गैडाकोटको शाखा प्रमुख रमेश सुवेदी , ट्रेनिङ्ग अफिसर राजु तिमिल्सेना , MDRT जानुका अधिकारी ,एजेन्सी मेनेजरहरु केशव भुसाल , धुब्रराज मिश्र , दिपक ढकाल , नबिन बाबु मरहट्टा , रेनु कुँवर ,विश्वराम पोखरेल , भगवती अधिकारी, सबिता शर्मा , विभिन्न आमा समूहका महिलाहरु , टोल, क्लवका प्रतिनिधिहरु र समाजसेवी लगायतको भव्य उपस्थिति रहेको थियो ।
एरिया मेनेजर येशु ढुङ्गानाले आज कम्पनीले ५औैं वार्षिर्कोत्सवको उपलक्ष्यमा ‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने मुख्य नारा सहित सामाजिक उत्तर दायित्व बहन गराउन यस्तो शिविर गराईएको बताउनुभयो ।
त्यस्तै एजेन्सी मेनेजर कुस्माखर अधिकारी ले सुर्ती ,चुरोट,रक्सी जस्ता विभिन्न पिय पदार्थहरु र बाह्य प्रदुषण लगायतबाट पनि क्यान्सर रोग उत्पन्न हुने भन्दै उनले यसबारे सचेत हुन महिलाहरुलाई आग्रह समेत गर्नुभयो ।
त्यस्तै एजेन्सी मेनेजर दिपक ढकालले ‘क्यान्सर के हो । कसरी लाग्छ । यो बाट बच्न के गर्न सकिन्छ भनेर बिभिन्न बिषयको महिलाहरुलाई ज्ञान दिनुभयो ।
आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनीले कम्पनीले ५औैं वार्षिर्कोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत स्वास्थ्य शिविर गरेको नारायणगढको शाखा प्रमुख किरण सापकोटाले जानकारी दिनुभयो ।

शरीरमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, छालामा हुने परिवर्तन, रगत बग्ने र घाउ निको नहुने, उपचारपछि पनि लामो समयसम्म घाउ निको नहुने जस्ता विभिन्न लक्षण क्यान्सरका हुनसक्ने चिकित्सकले बताए ।
क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यो केवल एक रोग हो । समयमै यसको उपचारमा ध्यान दिन सकेको खण्डमा क्यान्सर पनि पूर्ण रुपमा निको हुने डाक्टरहरु ले बताएका छन् । डाक्टरहरु भन्छन् , ‘स्वास्थ्य सम्बन्धी ज्ञानको कमीका कारण कतिपय मानिसलाई क्यान्सर भए पनि थाहा पाउन सकेका छैनन् ।’
२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरूसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरू प्रदान गर्दै आइरहेको छ।
जीवन बीमाबारे जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरूको माध्यमबाट ग्राहकहरूको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालन सुरु गरिएको जनाइएको छ ।






















