भरतपुर / हाकिमचोक पछिको हुलाकीमार्ग हाकिमचोक-बुद्धचोक-पश्चिम चितवनको प्रवेस द्धार अति व्यस्त छ ।
पृथ्वीचोकमा बीसौं बर्षदेखि सडक अतिक्रमण गरी बनाइएका टहरामा चोकमा नै माछा मासु,फलफूल,तरकारी व्यापार गर्नेहरुले दक्षिण -उत्तर दुबै तर्फ सामानहरु समेत सडकछेउमा राखेर,छाता टाँगेर बिक्रीवितरण गर्दा र उनीहरुका ग्राहकले सडकमा नै साधन राखेर किनमेल गर्दा यी सात जना व्यवसायीहरु तथा दुई जग्गाधनी तथा मोडमा नै बिजुलीको हाईटेन्सन पोल समेतका कारणले यस वरिपरिका टोलबासी सयौँ पैदलमार्गीहरु र पश्चिम चितवनबाट आगमन गर्ने हजारौ सवारी यात्रुहरुले दैनिक सास्ती भोग्नु परेको छ ।
पसलका फोहरले नाली भरिने र दुर्गन्धित वातावरणीय समस्या बारम्बार भोग्नुपरेको छ र पटकपटक यही चोकमा दुर्घटना हुनेगरेको छ ।
यसको अल्पकालिन र दीर्घकालीन समाधान खोज्न पृथ्वीटोल,साझा टोल ,नारायणी टोल ,स्याउली बजार टोल ,युनिक टोल ,परिवेश टोल बिकास समितिहरु ,बजार व्यवस्थापन समिति ,१० का अध्यक्ष ज्यू, वार्ड ९ का अध्यक्ष ज्यू ,ट्राफिक कार्यालय प्रमुख समेत पटकपटक बसी विमर्श गरी पृथ्वी चोकलाई सडक मापदण्ड अनुरुप फराकिलो र पैदल मार्ग खुल्ने गरी व्यवस्था गरिनु पर्ने समझदारीपूर्ण निष्कर्षअनुरुप वार्ड नम्बर ९ र वार्ड नम्बर १० का वार्ड अध्यक्षहरुले संयुक्तरुपमा नेतृत्व गरी उक्त मार्ग निकास गरी जनताको सहजरुपमा हिड्न पाउने अधिकारलाई सुरक्षित गरिदिन पर्ने स्थानीय टोल विकास संस्थाहरुले माग गरेका छन ।
यसै सन्दर्भमा नगर प्रमुख र उपप्रमुखलाई भरतपुर विमानस्थल वरिपरिको समस्या अवगत गराउन जाने क्रममा पृथ्वी टोल सुधार समितिका सचिव गंगाधर खराल र सल्लाहकार ईन्द्र तिवारीले यो बिषय जानकारी गराई समाधानको लागि अनुरोध गर्नु भएको वताईन्छ ।
त्यस्तै गत आषाढमा प्रमुख जिल्ला अधिकारी समक्ष पनि यो मोड तथा हुलाकी मार्गमा छिटो निकासको लागि ज्ञापन पत्र बुझाईको र प्रतिनिधिको रोहवरमा सिडिओबाट तत्काल सडक डिभिजन प्रमुख भरतपुरलाई आग्रह गरिए पनि अहिलेसम्म समस्या ज्यूका त्यु रहेको कुरा पीडित यात्रीहरु र स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु वताउछन ।
तीसौ बर्षदेखिको समस्या भएकोले र सडक नहरको जग्गा अतिक्रमण गरी वाधा पुरयाईको ,केही सुकुम्बासी भए पनि हाल जग्गाधनी पुर्जा निस्सा पाइसकेका ,त्यही स्थानमा कतिपय व्यवसायी ओझलमा पारिएको ,मन्दिरबाट निस्कदा साथ चोक घुम्तीमा भैसी, माछाको रगत र फोहर दुर्गन्ध समेत छेल्दै हिड्नुपर्ने भएकोले यस्तो संवदेनशील कार्य सुधार गर्न ती व्यवसायीलाई अन्यत्र व्यवस्थापन गरी सहज बाटो तयार गर्न स्थानीय सरकार तथा संघीय सरकार समेतको ध्यान आकर्षण अनिवार्य हुनपर्ने स्थानीय व्यवसायीहरु नै वताउछन ।





















