भरतपुर / सिद्धिविनायक टोल सुधार समितिको अध्यक्षमा पुन प्रकाश देवकोटा
१५३ मतका ल्याई निर्वाचित भएका छन् । अर्का अध्यक्षका उमेद्धारले ६३ मत ल्याई पराजय भएका छन् ।
भरतपुर सिद्धिविनायक टोल सुधार समिति भरतपुर ११ बसेनी को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशन आज शनिबार टोल भवनमा सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष कमल मल्लले टोलको विकासमा टोलका सदस्यहरुनै जागरुक भएर योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
टोल सुधार समितिले महिला, बालबालिका, युवा, जेष्ठ नागरिकहरुको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने जनाउँदै टोलको विकासका योजनामा वडाले निरन्तर सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।
अधिवेशनले समाजको विकासमा उल्लेखनीय योगदान गर्ने मन शिक्षा मन्दिर स्कूल , नारायणी पाईप उद्योग , समाज कल्याण बहुमुखी सहकारी , सन्तोस सोति , हरि भुजेल र त्यसै गरि ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यस्तै टोल भित्र आआफ्रनो मार्गमा पुष्प मार्ग बनाउने कार्यक्रम अन्तरगत प्रथम , दोस्रो र तेस्रो हुने पुष्प मार्गलाई पनि नगद सहित प्रमाणपत्र प्रधान गरिएको थियो ।
सिद्धिविनायक टोल सुधार समितिका अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोलका बुद्धिजिवीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले पुन प्रकाश देवकोटको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भिम गुरुङ्ग , उपाध्यक्षमा शिवहरि सुबेदी , सचिवमा संगीता अधिकारी सुबेदी , सह सचिवमा भरत ढकाल कोषाध्यक्षमा निर्मला पन्त चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दयारामा ढकाल , लक्ष्मी श्रेष्ठ , विमला राना , मुक्तिनाथ ढकाल , दुर्गा गैरे ,सुन्दर प्रधान लगायतका चयन हुनुभएको छ ।
कार्यक्रममा निर्जला गरिले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तै टोल विकास संस्थाका कोषाध्क्ष अनिल श्रेष्ठले वार्षिक आय व्यय प्रतिवेदन व्यक्त गर्नुभएको थियो। टोल विकास संस्थाका सचिव बैकुष्ठ भट्टराई ले प्रतिवेदन व्यक्त गर्नुभयो साथै भावि कार्ययोजना अध्यक्ष प्रकाश देवकोटाले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

देवकोटाले टोल सुधार समितिले महिला, बालबालिका, युवा, जेष्ठ नागरिकहरुको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने जनाउँदै टोलको विकासका योजनामा वडाले निरन्तर सहयोग र सहजीकरण गर्ने पर्ने बताउनुभयो ।
अधिवेशनले समाजको विकासमा उल्लेखनीय योगदान गर्नेहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सिद्धिविनायक टोल सुधार समितिका अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






















