भरतपुर / चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्तले वडाको धार्मिक स्थल पुण्यश्वर शिवालय मन्दिर व्यवस्थापन सहयोगार्थ ५०, ३६० रुपैंया प्रदान गर्नु भएको छ ।
पन्तले चुनावी घोषणा पत्रमा आफुले अध्यक्ष भएपछि वडाबाट पाउने कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्नु भएको थियो । घोषणा गरे अनुरुप पाएको सेवा सुविधा दिनुभएको हो । उहाँको भरतपुर महानगरपालिकाले जेठ ११ गते देखि असार मसान्त सम्मको बैठक भत्ता , पेट्रोल खर्च, मासिक तलब बापत ५०, ३६० ( पचास हजार तीन सय साठी ) रकम बैकमा जम्मा गरिदिएको , सो सम्पूर्ण रकम मन्दिरलाई हस्तान्तरण गर्नु भएको हो ।
वडा अध्यक्ष पन्तले आफ्नो २ महिनाको तलब मन्दिर व्यवस्थापन गर्न प्रदान गरेका हुन् । श्री पुण्यश्वर शिवालय मन्दिरले आयोजना गरेको श्रावण महिना विशेष कार्यक्रम अन्तर्गत शिव महापुराण तथा शिव महिमा कार्यक्रमको उद्घाटन कार्यक्रम अध्यक्ष पन्तले वडाबासीको सहयात्री भएर काम गर्ने बताए ।
पण्डित श्री बालकृष्ण अर्यालले संगीतमय शैलीमा महापुराण वाचन गर्नु हुनेछ । कार्यक्रम अतिथी, विशिष्ट अतिथिहरुले शिव महिमा र हिन्दु धर्म जोगाउने उद्देश्यले यस्ता महापुराण हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा वातावरण पत्रकार कोमल चन्द्रले पनि मन्तव्य दिएका थिए । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । महापुराण एक साता सम्म चल्ने छ ।





















