चितवन / चितवन हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि भरतपुर ११ चितवनको आर्थिक बर्ष २०७८।०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थिक बर्ष २०७८।०७९ को वार्षिक प्रगती समीक्षासगैं आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।

आगामी नीति तथा कार्यक्रममा संस्थाले आगामी वर्ष वित्तीय कार्यक्रमका साथै सदस्य सेवा कार्यक्रम, सुशासन सम्वन्धी कार्यक्रम, सामुदायिक उत्तरदायीत्वका कार्यक्रम, तालिम तथा शिक्षा कार्यक्रम, प्रविधिको बिकास र प्रयोग सम्बन्धि व्यवस्था लगायतका बिषय समेटीएको उँहाले बताउनु भयो ।
बैठकमा प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले गत आ.व.को प्रगति समीक्षा संगै आ.व. २०७९।०८० को लागी १ अर्व ४० करोड ७८ लाख ७३ हजार को कुल पुजी सहित ५ करोड ३१ लाख ४० हजार मुनाफा पु¥याउने प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो ।
समीक्षा बैठकमा संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले संस्थाले गत बर्षको आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण कार्य सम्पन्न भएको र चालु आ.व.मा सामाजिक लेखा परिक्षण को कार्य भईरहेको हुदा यसवाट संस्था सुशासनमा जाने र संस्थाले यस वर्ष स्तरिकरण कार्यक्रम अन्तरगत एक्सेस कार्यक्रमको समेत अडिट गर्ने बताउनु भयो साथै संस्थाले एटिएम सेवा अन्तरगत भिजा कार्ड प्रयोगमा ल्याएको,
मोवाईल एप्स,क्यूआर कोड सञ्चालनमा आएको जानकारी गराउदै चालु आर्थिक बर्षको लागी संस्थाले लिएको नीति कार्यक्रम र बजेटलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याएर शेयर सदस्यलाई १२ प्रतिशत लाभांश दिने घोषणा गर्नु भएको छ ।





















