चितवन / भरतपुर महानगर कमिटिको आयोजनामा साप्ताहिक सरसफाई अभियानको आज दोस्रो साता भरतपुर महानगरपालिका वार्ड न ९ स्थित केन्द्रीय बस टर्मिनल हुदै जिल्ला प्रशासन कार्यालय तर्फ सरसफाई गरिएको हो ।

नेकपा माओबादि केन्द्र भरतपुर महानगर कमिटि अध्यक्ष क. इश्वर सापकोटा सुमनको विशेष उपस्थिति र केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज क. साजन अधिकारी , वाइसीएल जिल्ला संयोजक राम गोदार जिल्ला सचिव राजु भुसाल को उपस्थितिमा सम्पन्न भएको थियो ।

वाईसिएल भरतपुर कमिटिले पछिल्लो समय साप्ताहिक अभियान नै सञ्चालन गरेर भरतपुरका विभिन्न स्थानमा सरसफाई कार्यक्रमहरु जारी राखेको छ । यसअघि अघिल्लो साता मात्रै भरतपुर ७ स्थित माओवादी केन्द्र चितवनको पार्टी कार्यालय क्षेत्रमा सरसफाई गरिएको थियो ।
उक्त अभियानमा सहभागी सम्पुर्ण कमरेडहरुप्रति युवा नेता अबिरल पोखरेलले हार्दिक आभार प्रकट गरेका थिए ।























