नेकपा एमाले निकट संगठन युवा संघका नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश
सान्दार अनलाईन
शुक्रबार, साउन २०, २०७९
प्रकाशित
Advertisement
चितवन / नेकपा एमाले निकट संगठन युवा संघका नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
कार्कीलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, केन्द्रीय सदस्य घनश्याम दाहाल, ठाकुर ढकाल लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।
कार्की भरतपुर ११ निवासी हुन् । कार्कीसँगै अन्य ७ जनाले एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका छन् । नेपाल सरकारले बिहीबार संघीय र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते गर्ने घोषण गरे पश्चात चितवनमा चुनाव माहोल तातिएको छ ।
एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका सुरेश कार्की सप्तगण्डकी बहुमुखी क्याम्पसमा अनेरास्यवियुको पूर्व उपाध्यक्ष हुन् ।
यस अघि स्थानीय निकायको निर्वाचनमा एमाले निकट युवा संगठन युवा संघबाट करिब ४ सय जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए ।