चितवन / चितवनमा आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनीले ५औैं वार्षिर्कोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा रक्तदान नै जिवन दान हो भन्दै खुशिका साथ ५८ जनाले रक्तदान गर्नुभएकोले ५८ पेन्ट ब्लड संकलन भएको थियो ।

एरिया मेनेजर येशु ढुङ्गानाको संयोजकत्वमा भएको कार्यक्रममा नारायणगढको शाखा प्रमुख किरण सापकोटा ,हाकिमचोकको शाखा प्रमुख कुशुम तिमिल्सेना , गैडाकोटको शाखा प्रमुख रमेश सुवेदी , ट्रेनिङ्ग अफिसर राजु तिमिल्सेना , MDRT जानुका अधिकारी ,एजेन्सी मेनेजरहरु केशव भुसाल , धुब्रराज मिश्र , दिपक ढकाल , नबिन बाबु मरहट्टा , रेनु कुँवर ,विश्वराम पोखरेल , भगवती अधिकारी, सबिता शर्मा , विभिन्न सहकारीका प्रमुखहरु , समाजसेवी लगायतको भव्य उपस्थिति रहेको थियो ।

एरिया मेनेजर येशु ढुङ्गानाले आज कम्पनीले ५औैं वार्षिर्कोत्सवको उपलक्ष्यमा “रगत दिनुहोस् र विश्वलाई जिवन्त राख्नुहोस” भन्ने मूल नाराका साथ चितवन लगायत सबै जिल्लाहरुमा यो कार्यक्रम गरेको बताउनुभयो ।
नारायणगढको शाखा प्रमुख किरण सापकोटाले “रक्तदान जीवनदान, रक्तदान महादान“ स्लोगन सहित उत्साहजनक उपस्थितिका साथ रक्तदान गर्नुभएकोमा सबैलाई धन्यबाद दिनुभयो ।

भरतपुर हाकिमचोकको शाखा प्रमुख कुशुम तिमिल्सेनाले आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनीले यस्ता सामाजिक काम गर्दै आएको मध्ये यो एउटा कार्यक्रम हो हामी यस्ता कार्यक्रम आवश्यक अनुसार गर्ने बताउदै महिलाहरुले ब्लड दान गर्दा हुने फाईदा, ब्लड दिन सकिने अवस्थाका बारेमा उपस्थित महिलाहरुलाई सल्लाह दिनुभएको थियो ।

गैडाकोटको शाखा प्रमुख रमेश सुवेदीले मानिसको सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ थियो, जसलाई डा. कार्ल ल्यान्डस्टीनरले सन् १९०१ मा पत्ता लगाएका थिए । एबी पोजिटिभ रक्तसमुहलाई युनिभर्सल प्रापक मानिछ । यो समुहमा मानिसले कुनै पनि रक्तसमुहको रगत लिन सक्छन्। ओ नेगेटेभिलाई भने युुनिभर्सल डोनर मानिन्छ । यो समुहको रगत भएको मानिसले कुनै पनि रक्त समुहका मानिसका लागि रगत दिन सक्छन् भन्ने सन्देशमुलक जानकारी दिनुभयो ।

एजेन्सी मेनेजर दिपक ढकालले आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परिरहेको समयमा आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेकोे बताउनुभयो ।

ट्रेनिङ्ग अफिसर राजु तिमिल्सेनाले कम्पनीले ५औैं वार्षिर्कोत्सवको उपलक्ष्यमा सबै ठाउँमा गरेर ५०० जनाको भन्दा बढि रगत संकलन गर्ने गरि कार्यक्रम आयोजना गरेको बताउनुभयो । बिरामीका लागि बजारमा रगतको अभाव देखिएका कारण आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनीले आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाता तथा रक्तदान कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनीले कम्पनीले ५औैं वार्षिर्कोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत रक्तदान कार्यक्रम गरेको नारायणगढको शाखा प्रमुख किरण सापकोटाले जानकारी दिनुभयो ।
कम्पनीका अन्य शाखाहरुमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरी ५औैं वार्षिर्कोत्सव मनाईएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५ सय ७१ जना रक्तदाता सहभागी भएका थिए।
२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरूसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरू प्रदान गर्दै आइरहेको छ।
जीवन बीमाबारे जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरूको माध्यमबाट ग्राहकहरूको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालन सुरु गरिएको जनाइएको छ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरू विर्तामोड, धरान, वीरगन्ज, मिर्चैया, नारायणगढ , पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।






















