काठमाडौं / निर्वाचनको मिति घोषणा भएसंगै मतदाता नामावली संकलन पनि बन्द भएको छ ।
सरकारले आगामी मंसिर ४ मा दुवै निर्वाचन(प्रदेश र प्रतिनिधि सभा) गर्ने निर्णयसंगै मतदाता नामावली संकलन कार्य पनि बन्द हुने भएको हो । आयोगका अनुसार आज साँझ ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको थियो ।
सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार गत १ असारबाट सुरु गरिएको थियो । अब सिस्टमले त्यो बन्द हुने छ ।
करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका उनले बताए । उनले आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने बताए ।





















