काठमाडौं / पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार ८९५ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १४४ जना पुगेको छ ।
२४ घण्टामा निको हुनेको संख्या २९९ रहेको छ । सोही अवधिमा ११ हजार ५१३ जनाले खोप लगाएका छन् ।





















