चितवन / भरतपुर महानगरपालिका १२ मा रहेको साहाराको घरका छोरीहरु SEE उत्तिर्ण हुँदा संस्थामा खुशीयाली छाएको छ ।
छोरीहरु भित्रको सम्भावना खोजी गर्दै परिवार विहिन छोरीहरुलाई संरक्षण गर्दै आउनुभएकी कुसुम साहारा साहाराको घरका तिनै जना छोरीहरु उत्तीर्ण भएकी छन् ।
एसईई परीक्षाको सार्वजनिक नतिजा अनुसार तिनै जना छोरीहरु पास भएकोमा आफु अत्यन्तै खुसी भएको संचालिका कुसुमले बताउनु भयो ।
उत्तीर्ण हुने छोरीहरु क्रमश आकृती सुनार , अनिता प्रजा र सरस्वती रोकाया (आर्जु ) छन् । हाल साहाराको घरमा १९ जना छात्राहरु रहेका छन् ।
साहाराको घरकी संचालीका कुसुम साहारा (स्वस्तिका तिवारी) को अनुसार घरमा खुसयाली छाएको बताउनु भयो ।
कुन प्रदेश बाट कति उत्तीर्ण भए ?
एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ। यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।





















