काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका डा. बाबुराम भट्टराईसहितको समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी (नेसपा) राखेको छन् ।
निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको नेसपा बन्ने भएको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि गत फागुन ५ गते भट्टराई निकट लामिछानेले निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका थिए ।
केही दिनभित्रै बस्ने केन्द्रीय समितिको बैठकले बाँकी कामबारे निर्णय गर्ने जनाइएको छ ।
नेसपाको चुनाव चिह्न आँखा रहेको जनाइएकाे छ ।





















