चितवन / भरतपुर अस्पतालले स्वास्थ्य तर्फका विभिन्न पदमा ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
जसमा चिकित्सक तर्फ मेडिकल अधिकृत पदको लागि करार सेवामा ८ र मासिक ज्यालादारी सेवामा ५ गरी कुल १३ जना माग गरेको हो ।
अस्पतालले विज्ञापन प्रकाशित गरी स्टाफ नर्स तर्फ करार सेवामा १२ र मासिक ज्यालादारी सेवामा १२ गरी कुल २४ जना माग गरिएको छ ।
त्यसैगरी, फार्मेसी सहायक र ल्याव टेक्निसियन तर्फ करार सेवामा १ / १ र मासिक ज्यालादारी सेवामा ४/४ गरी कुल ५ / ५ जना माग गरिएको छ । उनीहरूले यहि साउन ९ देखि १५ गते सम्म कार्यालय समयभित्र दरखास्त दिन सक्ने छन् ।






















