
सर्लाहीमा पीडित पक्षबाट कार्यालय प्रमुख लगायत अनुसन्धान टिमलाई सम्मान गरिएको छ । साेमबार पिडित पक्षबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख लगायत अनुसन्धान टिमलाई सम्मान गरिएको हाे ।

सर्लाही जिल्लाका पर्सा गाउँपालिका वडा नं.१ बस्ने वर्ष २० की निशा यादव गत जेठ २२ गते अन्दाजी २२:०० बजेको समय देखी आफ्नै घरबाट हराई बेपत्ता भएको भनि सुचनाको आधारमा निज निशा यादवलाई खोज तलास, शंकित व्यक्तीहरुको सोधपुछ तथा प्रविधियुक्त अनुसन्धान गर्दा हराएकी निशा यादवको ४८ औं दिन पछि यही साउन ६ गते घर देखि ४ कि.मि.उतर एकान्त स्थान खेतमा गाडिएको अवस्थामा लाश फेला परेको थियोे ।

सो घटनामा संलग्न मृतकको श्रीमान बालदत्त भन्ने रमजेश कुमार राय सहित ३ जनालाई पक्राउ गरी अनुसन्धान भई रहेको सम्बन्धमा पिडित पक्षबाट कार्यालयका कार्यालय प्रमुख लगायत अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई सम्मान गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






















