काठमाण्डौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वृद्ध भएको भन्दै बालकोटमै आराम गर्न सुझाएका छन् ।
शनिबार गण्डकी प्रदेशको सदरमुकाम पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । अब पुराना पुस्ता राजनीतिबाट विदा हुनुपर्ने भन्दै नयाँ पुस्तालाई मुलुकको नेतृत्व दिन उनले सुझाए ।
केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने ‘भो अब यो तपाईको वृद्ध शरीरबाट देशलाई श्रीलंकातर्फ लैजान चाहँदैनौँ । तपाई अराम गर्नुहोस् । बालकोटमै बस्नुहोस् । बरु तपाईसंग सल्लाहा लिन म आफै बालकोट जाउँला ।
मलाई सिंहदरबार जान दिनुहोस् । बा बालकोटमै बसौँ । बाले बालकोटमै अराम गरौँ । बाका सपना र भिजनहरु पुरा गर्न हामीलाई दिनुहोस् ।’
उनले आफ्नो पार्टीले चुनाव जिते मुलुकको भाग्य बदलिने बताए ।अबको चुनावले प्रधामन्त्री शेर बहादुरको देउवाको फेरि प्रधानमन्त्री बन्ने सपना चकनाचुर पार्ने उनले बताए ।
यसपटक नागरिकले भोट बदलेमा सबै सम्भावना कामयै रहेको उनले बताए ।





















