चितवन / चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् ।
उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ ।
शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।





















