रगत अभाव कम गर्न पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने
सान्दार अनलाईन
शनिबार, साउन ०७, २०७९
प्रकाशित
Advertisement
चितवन / चितवनमा देखिएको रगत अभावलाई ध्यानमा राखि पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
शनिवार सम्पन्न मञ्चको सचिवालय बैठकले साउन २८ गते भरतपुर १९ रामपुर बजारमा रक्तदान गर्ने निर्णय गरेको हो ।
मञ्चका अध्यक्ष अपिल घिमिरेले मेडिकल सिटी चितवनमा बर्षा र गर्मीका कारण रक्तदान क्याम्प आयोजना हुन नसकेको अवस्थामा कार्यक्रम गर्न लागिएको बताए ।
रगत अभाव भएपछि चितवनमा अहिले बाहिरी जिल्लाबाट रगत ल्याउनु पर्ने बाध्यता छ ।
यस्तै बैठकले आउँदै गरेको हरितालिका तिजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । भदौ ११ गते महिला पत्रकार र भरतपुर २८ का दलित, जनजाति, आदिवासी संस्थाका नेतृत्वमा रहेका अगुवा महिला र सो वडाका महिला जन प्रतिनिधिसँग तिजको महत्त्व विषयमा अन्तरक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्न लागेको मञ्चको महिला सशक्तिकरण उपसमितिकी सविता अधिकारीले जानकारी दिईन् ।
मञ्च मार्फत पश्चिम चितवनको पत्रकारीताको ईतिहास समेटिएको पुस्तक प्रकाशनको पनि तयारी हुँदैछ ।
प्रतिवेदन लेखन उपसमितिका संयोजक रामशरण गैरेका अनुसार अहिले पुराना पत्रकार र इतिहास खोजीको काम हुँदैछ ।
यस्तै मञ्चले सदस्य बन्ने चाहाना भएकाहरुका पत्रकारहरुका लागि सदस्यता पनि खुलाएको छ । पश्चिम चितवन घर भएका वा पश्चिम चितवनमा रहेका मिडियामा कार्यरत पत्रकारहरुले मञ्चको सदस्य बन्न पाउँनेछन् ।