चितवन / रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले मृतक गैंडाकोट निवासि गणेश बोटे को श्रीमती बविता बोटेलाई दश लाख स्रोह हजार रुपैयाँ मृत्यु दावि भुक्तानी एक कार्यक्रम गरि हस्तान्तरण गरेको छ ।
पाँच लाख बिमाङ्कको २० बर्ष अवधिको रिलायवल सावधिक जिवन बिमा गराउनु भएको उहाँले ३५ हजार रुपैयाँ मात्रै बुझाउनु भएको थियो ।
मृतक प्रति शोक व्यक्त तथा मृत्युु दावि भुक्तानी कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गैंडाकोट प्रमुख नारायण पौडेल , नारायणगढ शाखा प्रमुख रमेश आचार्य , चितवन रिजन हेड राजेन्द्र पौडेल , एजेन्सि म्यानेजर दुर्गा पौडेल, प्रकाश थापा , इन्दिरा लामिछाने देवकोटा लगायतको उपस्थित थियो ।
कार्यक्रममा रिलायवल नेपाल लाइफले आफ्ना बिमतिलाई कार्यलयबाट सरल , सहज ढङ्गवाट सेवा प्रवाह गरिदै आएको र रिलायबल नै भरपर्दो बिमा कम्पनी भएको बताइएको थियो ।





















