वीरगञ्ज / जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।
जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । कारबाही गरिएका ९ नेतामा डा। बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।





















