चितवन/ वाईसीयल नेपाल चितवनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार वाईसीयल जिल्ला ईञ्चार्ज साजन अधिकारी नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो।
उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका प्रदेश सहसंयोजक सन्तोष पनेरु,जिल्ला संयोजक रामु गोदार, जिल्ला सचिव राजु भुषाल, महानगर ईञ्चार्ज दिवाकर श्रेष्ठ, संयोजक दिपेन्द्र पण्डित लगायतका नेताहरुको सहभागीता रहेको थियो।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ।





















