भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु भयो ।
पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गर्नुुभयो ।‘पाँच वर्षमा ७ हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’उहाँले भन्नुभयो,‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो ।
अझै यो संख्या बढेर जान्छ । छात्रालाई साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।
’महानगरपालिकाले एक वडा एक नमुना विद्यालय निमार्णको लक्ष्यका लिएकाले विद्यालयहरु बीच शैक्षिक प्रतिस्पर्धा कायम भई शैक्षिकक गुणस्तरमा वृद्धि हुने मेयर दाहालले दाबी गर्नुभयो ।
नारायणी नमुना मावि जस्तै सबै विद्यालय भरतपुरमा हुन जरुरी छ’उहाँले भन्नुभयो,‘भरतपुरमा मात्रै उत्कृष्ट होइन, देशकै उत्कृष्टमा पर्छ । नारायणी माविको विधि पद्धतिलाई सबै विद्यालयले अनुशरण गर्न आग्रह गर्छु ।
शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर सधै तयार छ ।’ मेयर दाहाले गरे केही पनि असम्भव छैन भन्ने कुरा विगत ५ वर्षमा गरेका कार्यले पुष्टि गरेको बताउनुभयो ।
महानगरपालिकाकले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरेको थियो । यो वर्ष भरतपुर १६ को ढड्डाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई मेयर दाहालले एक समारोहका बीच बसको चाबी हस्तान्तरण गर्नुुभयो ।
मेयर दाहालले बस हस्तान्तरणको कार्यक्रमलाई वर्षेनी निरन्तरता दिइने पनि उल्लेख गर्नुभयो । हस्तान्तरण गरिएको एउटा बसको मुल्य २१ लाख ४५ हजार रुपैयाँमा खरिद गरिएको हो । विद्यालयबाट टाढा रहेका विद्यार्थीहरुका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।





















