पत्रकार महासंघ चितवनको निवृत्तिभरण कोषका लागि चेक हस्तान्तरण
सान्दार अनलाईन
मङ्गलबार, असार २८, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुर महानगरपालिकाले जेष्ठ पत्रकार निवृत्तिभरण कार्यक्रमका लागि चेक हस्तान्तरण गरेको छ ।
भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघ चितवन शाखाद्धारा स्थापित कोषका लागि आज (मंगलबार) एक कार्यक्रमका बीच २० लाखको चेक हस्तान्तरण गरिएको हो ।
उक्त चेक महानगर प्रमुख रेनु दाहालले पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई हस्तान्तरण गरिन् । उक्त कोषबाट ६० वर्ष पुगेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारहरुले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन् ।
महानगर प्रमुख दाहालले सात सय ५३ पालिका मध्य भरतपुरले पहिलो पटक जेष्ठ पत्रकारलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको बताईन् । उनले आफ्नो पहिलो कार्यकालदेखि महासंघ र चितवनका पत्रकारहरु सहयोगी भूमिका खेल्नुका साथै कमी कमजोरी औंल्याएर सहयोग गरेको बताईन् ।
उनले हालै सम्पन्न ११ औं नगर सभाबाट महासंघको प्रशिक्षण केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएको समेत बताईन् । आगामी दिनमा पनि महासंघसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो । यस्तै उनले हाल ६० वर्ष पुगेका पत्रकार दिँईदै आएकोमा महासंघबाट कार्यविधि परिमार्जन गरेर ५८ वर्ष उमेर राख्न आग्रह आएको भन्दै यस बारे छिट्टै निर्णय गरिने बताईन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पत्रकारहरुले सधैं सकारात्मक भूमिका खेल्दै आएको बताए । उनले आगामी दिनमा पनि पत्रकारहरु सँग सहकार्य गरेर अघि बढ्ने बताए ।
पत्रकार महासंघकी केन्द्रीय सचिव सृजना अर्यालले महानगरसँगको सहकार्यले चितवन शाखाले निवृत्तिभरण कोष स्थापना गरेर नमूना काम गरेको बताईन् । अर्यालले केन्द्रले पनि गर्न नसकेको काम चितवन शाखाले गरेको भन्दै खुशी व्यक्त गरिन् । यसले पत्रकारिता पेशामा रहेका पत्रकारहरुलाई हौसला मिल्ने उनको भनाइ थियो ।
पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले निवृत्तिभरण कोष स्थापनाका लागि गरिएको प्रस्ताव महानगरले सहज रुपमा स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले महासंघका बिभिन्न गतिविधिमा महानगरसँग सहकार्य हुँदै आएको बताए ।
उनले हाल कोषबाट भत्ता पाउनका लागि ६० वर्ष पुगेको हुनुपर्ने कार्यविधि रहेकोले यसलाई परिमार्जन गर्दै ५८ वर्ष बनाउन महानगरसँग आग्रह गरे । कोषबाट भरतपुरका महिला, दलित, अल्पसंख्यक र अपांगको हकमा ५५ वर्ष र ६० वर्ष कटेका अन्य पत्रकारले भत्ता पाउने कार्यविधि रहेको उनले जानकारी दिए ।
लामो समय पत्रकारिता गरेका पत्रकारहरुमा जेष्ठ अवस्थामा पुग्दा सहज होस् भन्ने उद्धेश्यले कोष स्थापना गरिएको उनको भनाइ थियो । उनले पत्रकारको लेखनवृत्ति, क्षमता वृद्धिलगायतका कार्यक्रममा पनि महानगरबाट सहयोग र सहकार्यको अपेक्षा रहेको बताए । कोषमा पत्रकार महासंघले एक लाख रुपैयाँ राखेको छ ।
चार पत्रकारले भत्ता
पत्रकार महासंघ चितवनको जेष्ठपत्रकार निवृत्तिभरण कोषबाट चार पत्रकारले भत्ता प्राप्त गरेका छन् । महासंघ चितवन शाखाको सदस्य रहेका चार जना पत्रकारहरुलाई आज भत्ता वितरण गरिएको हो ।
भत्ता पाउने पत्रकारहरुमा रेशम विरही , मोहन पोखरेल , डिल्लीराम पोखरेल , महेन्द्रराज श्रेष्ठले भत्ता पाएका छन् । उनीहरुले बैशाखदेखि असारसम्मको गरी तीन महिनाको एकमुष्ट भत्ता प्राप्त गरेका हुन् ।
महानगर प्रमुख दाहाल र महासंघका अध्यक्ष अधिकारीले उनीहरुलाई चेक हस्तान्तरण गरे । कार्यविधि पुरा भएकोले उनीहरुलाई तीन महिनाको भत्ता बापतको चेक हस्तान्तरण गरिएको महासंघ चितवनका सचिव दीपन्द्र अधिकारीले बताए ।