चितवन / चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ ।
बैंकले पार्कका लागि १५ लाख रुपैयाँ बराबरको चेक आज हस्तान्तरण गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । आज आयोजित एक कार्यक्रममा बैंकका प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने र कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अस्पतालका अध्यक्ष डा. लामिछाने प्राप्त सहयोगको उच्चतम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकसँगको सहकार्यलाई निरन्तरता दिंदै जाने बताए ।
अस्पतालका कार्यकारी निर्देशक डा.गौतमले सबैको सहयोगबाट अस्पतालको सेवा सुविधा र विकासमा टेवा पुगेको चर्चा गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे । अस्पतालले प्रशासनिक भवनको पछाडि रहेको खाली जमिनमा पार्क भएको हो ।





















