चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले बषौँ पुराना भ्रष्ट्रचारका फाइल खोलिने बताउनुभएको छ ।
भरतपुरमा आज (शनिवार ) पत्रकार सम्मेलनको आयोजना गरि लामिछानेले शंकास्पद नेता, कर्मचारी, व्यापारीहरुको अनुसन्धान गरिने बताउनुभयो ।
‘भष्ट्रचार सहिन्न: कसैलाई छोडिन्न,’ उहाँले भन्नुभयो, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पति जफल गरि राष्ट्रियकरण गरिन्छ ।’ लामिछानेले फास्ट ट्रयाक कोर्ट फार्मत बषौँदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गर्नुभएको छ ।
विधिको शासन मार्फत नेपालको संविधानले परिकल्पना गरे अनुसारको समाज स्थापना गर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले धर्म, संस्कृति र सम्पदाको जगेर्ना, सीमा सुरक्षा, जनताको स्वास्थ्य, शिक्षा, अपराध अनुसन्धानमा तीब्रता दिने बताउनुभएको छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी भाृतसंगठन रहित हुने जानकारी दिनुभयो । पार्टीको सदस्यमा नै सार्वभौमिकता निहित हुने उहाँको भनाई छ । चितवन भेलाका लागि शुक्रवार चितवन आएका लामिछानेले चितवनले आफुलाई धेरै मायाँ गरेको बताउनुभयो ।
चितवनमा भएको जिल्ला भेलाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।





















