गोरखा / गोरखाको पालुङटार नगरपालिकाद्धारा आँपपिपल भन्ज्याङ दार्मिचौर सडक स्तरोन्नतीका लागि १५ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
पालुङटार नगरपालिकाले नगरपालिका भित्र प्राथामिकतामा परेका बिभिन्न २७ वटा सडकखण्डलाई प्राथामिकताको रुपमा निर्धारण गरेको छ । नगरपालिका भित्रका सडक प्राथामिकताका आधारमा छनोट गरेर आगामी आर्थिक बर्षका लागी बजेट बिनियोजन गरिएको हो ।
जस अन्र्तगत मालती गैरा धारापानी डुम्रे डाँडा कदली सडक स्तरोन्नतीका लागि २५ लाख रुपैया बिनियोजन गरेको छ । लुइंटेल भन्ज्यांग लुइंटेल डाँडा ओप्रि सडक २५ लाख, गौडा पुरानो डी ढिकीडाँडा सडक १० लाख, बाह्रपिर्के नयाँगाउँ रानीखोला पपनेफाँट सडक ७५ लाख रुपैया नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको छ ।
नगरपालिकाले प्राथामिकतामा राखेको सडक आयोजना अन्र्तगत कालामाटा जैसीथोक बेतेनी सडक ३० लाख, तल्लो बोगटीगाउँ सिउडेनि चौतारा सडक खण्ड स्तरोन्नतीका लागि १० लाख, रातमाटे देवीस्थान सडकखण्डका लागि १५ लाख, लुइंटेल भन्ज्यांग लप्सी चौर लाजिकोट बाघडाँडा सडकखण्डका लागि २५ लाख, हवाई ग्राउन्ड भित्रि बाटो कालोपत्रे गर्नका लागि २० लाख रुपैया बिनियोजन गरेको छ ।
त्यस्तै नगरपालिका गेट देखि मूल सडक जोड्ने मार्ग १८ लाख, ढुंगेटारी चालिसे डाँडा लामागरा सडकका लागि १६ लाख, बिरुवाटार जुडीखोला तिलाराम भन्ज्यांग सडकका लागि २० लाख, बोहरागाउँ राईगाउँ खोल्ली गाउँ सडकका लागि १० लाख, पुतलीखेत सिप्लिनडाँडा बुडीचौर सडक, छरछरे सडक, झालुंगे फाँट घडेरीखोला सडक निर्माणका लागि १०र१० लाख, ठाँटिपोखरी बजार पैदल मार्ग निर्माणका लागि २० लाख, जयन्ति मार्ग सडकका लागि १५ लाख रुपैया नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको हो ।
नगरपालिकाले काब्रे सिरिसे तिलाराम भन्ज्यांग जुडी खोला सडकका लागि १५ लाख, जोगीबेसी डाँडापानि पहिरा सडकका लागि ५ लाख र हजार फाँट सडकका लागि ३ लाख, लुङ्गा खोप्लांग चापाभन्ज्यांग सडक स्तरोन्नतीका लागि ५० लाख, बज्रे डाँडा भित्रि सडक, तल्लोफाँट अल्का चिलाउने सडक चिसे खोला साँगुगौडा कल्भर्टका लागि ५ / ५ लाख, ज्योति चौतारा लुन्गा सडक क्रमागत खण्डका लागि क्रमागत अन्र्तगत १० लाख रुपैया बिनियोजन गरेको नगरपालिकाले जनाएको छ । यी आयोजनाहरुका लागि कुल ४ करोड ७७ लाख रुपैया बिनियोजन गरेको पालुङटार नगरपालिकाले जनाएको छ ।





















