काठमाडौँ / राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना चन्द्रागिरी केवलकार चढेको समयमा डिब्बा ३० मिनेट होल्ड भएको छ ।
१ बजेर ४० मिनेटमा रोकिएको केबलकार २ बजेर १० मिनेटमा हुकले तानेर तल ल्याइएको थियो । केबलकार रोकिनुको कारणबारे व्यवस्थापनले केही बोलेको छैन ।
केबलकारको टावरको सेन्सरमा समस्या आएको छ । हुकले तानेर सबैलाइ केबुलकारबाट उतारिएको छ । केबुलकार लामो समय रोकिदाँ आत्तिएका केहीमा स्वास्थ्य समस्या देखिएको छ ।






















