चितवन / जलदेवी क्यान्सर चोक टोल विकास संस्था भरतपुर ७ चितवनको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा दिपक ढकाल निर्विरोध चयन हुनुभएको छ ।
उपाध्क्षमा कृष्णराज गौतम, सचिवमा भेषराज खनाल ,कोषाध्यक्षमा हरि प्रसाद काफले, सह सचिवमा निता खाँड पोखरेल र सदस्यमा भोजराज तिमिल्सेना चयन भएका छन् ।

भरतपुर महानगरपालिका वडा न. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्रलेको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनको अध्यक्षमा टोलका अध्यक्ष हरि प्रसाद ढकाल रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ७ का वडा वडाध्यक्ष राजेन्द्रमणि काफ्रले , वडा सदस्य किरण अधिकारी र बुद्धचोक टोल विकास संस्थाका सचिव कुस्माखर अधिकारीले मन्तव्य राखेका थिए ।
टोलको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष दिपक ढकालले राख्नुभएको थियो भने सचिव कृष्णराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्ष समालिसकेका ढकाल विभिन्न सामाजिक काममा सक्रिय छन् ।

कार्यक्रम पछि कुरा गर्दै अध्यक्ष ढकालले विकृति रहीत टोल निर्माण , अटो, ठेला फलफूलको पार्किङ व्यस्थापन , प्रत्येक मार्गमा फूलबारी बनाई बत्ति जडान गरि सुन्दर एंव झिलिमिलि टोल बनाउने ,व्यवस्थित नाला निर्माण र हरियाली पार्क निमार्ण लगायतको भावी कार्ययोजना रहेकोे बताए ।





















