चितवन / गुरुकुल कलेज भरतपुर महानगरपालिकाको ११ औँ नगर सभाबाट शिक्षा तर्फको उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।
शैक्षिक क्षेत्रमा अब्बल गुरुकुल कलेज सामाजिक उत्तरदायित्व बहनमा पनि उत्कृष्ट भएको हो । २०७८/२०७९ मा शिक्षा क्षेत्रमा तोकिएको मूल्याङ्कन आधार अन्तर्गत उत्कृष्ट भई भरतपुर महानगरपालिकाको ११ औँ नगर सभाबाट शिक्षा तर्फको उत्कृष्ट करदाताको रुपमा सम्मान प्रर्दान गरेको छ ।

२०५८ सालदेखि निरन्तर रुपमा शैक्षिक कर बुझाउँदै आएकोमा, आर्थिक वर्ष २०७८/ २०७९ मा शिक्षा क्षेत्रमा तोकिएको मूल्याङ्कन आधार अन्तर्गत उत्कृष्ट भई भरतपुर महानगरपालिकाको ११ औँ नगर सभाबाट शिक्षा तर्फको उत्कृष्ट करदाताको रुपमा सम्मान प्राप्त भएकोमा गुरुकुल परिवार गौरवान्वित भएको कलेजले जनाएको छ।
कलेजले यो सम्मानका लागी भरतपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।























