चितवन / चितवनको माडी नगरपालिकामा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
आज (सोमबार) दिउँसो ३:१५ बजे माडी नगरपालिका ६ स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङलाई उनकै छोराले अन्दाजी ३६/३७ वर्षीय अर्जुन तमाङले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
घरबाट एक सय मिटर पर मकै बारीमा अर्जुनले पछाडिबाट आमालाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । धारिलो हतियारको प्रहारबाट मायादेवीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले हत्या गर्ने अर्जुनलाई नियन्त्रणमा लिएको छ । मृतकको शव अहिले घटनास्थलमा नै रहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















