काठमाण्डौँ / ललितपुर महानगरपालिकाले आजदेखि नमुना कामको थालनी गरेको छ । पानीपुरी र चटपटेमा हैजाको जिवाणु भेटिएपछि महानगरपालिकाले यी खानेकुरा बेच्न निशेध गरेर नमुना कामको थालनी गरेको हो ।
यसलाई कडाईपूर्वक पालना गर्न प्रहरीले आइतबार माइकिङ गर्दै कडाई पनि गरेको छ ।
आफूहरुले सतर्क गराउँदा गराउँदै पनि अटेर गरी बेचेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ । महानगरका गल्ली या सडकमा पानीपुरी नबेच्न प्रहरीले आग्रह गरेको छ । प्रहरीका अनुसार रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न पाइने छैन ।
होटलमा भने पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै विक्री गर्न दिइने प्रहरीले बतायो । निर्णय कठिन भए पनि यसले धेरै जनताको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै निशेध गरिएको महानगरले बताएको छ ।
काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।





















