चितवन / भरतपुर महानगरपालिकाले विक्रम सम्वत २०८० लाई भरतपुर भ्रमण बर्षका रुपमा मनाउने भएको छ ।
महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी ‘घुमौं भरतपुर’ अभियान सञ्चालन गर्ने जनाएको छ । महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तब्यहरूको प्रर्वद्धन र विकास गरी भ्रमण बर्ष मनाउने जनाएको छ ।
महानगरको पहाडी क्षेत्र चौकिडाँडालाई स्थानीय उपभोक्ताहरूको साझेदारीमा माइस टुरिजमको विकास गर्ने, पर्यटन सूचना नक्शा तयार गरी जारी गर्ने नीति तथा कार्यक्रममा राखिएको छ ।
महानगरले उपयुक्त जमिनको पहिचान गरेर भरतपुर महानगरपालिका पर्यटकीय स्तम्भ निर्माण गर्ने उल्लेख गरेको छ ।





















