चितवन / चितवनका तीन कलेजले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेका छन् ।
भरतपुरस्थित मैयादेवी कन्या कलेज, रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र खैरहनीको भुवानीशंकर बहुमुखी कलेजले सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगले बिहीबार एकैपटक तीन कलेजलाई सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरेको हो । आयोगले क्याम्पसहरुलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।
गुणस्तर सुनिश्चितताको प्रमाणपत्र असार १२ गते आइतबार प्रदान गर्ने तालिका छ । क्याम्पसहरुले संस्थागत गुणस्तर परीक्षणका सबै चरणहरु पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गर्ने निर्णय भएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।





















