चितवन / नारायणगढ –मुग्लिन सडकखण्ड अन्त्रगत चितवनको इच्छाकामना गाउँपालिका ५ खहरेखोलामा चिप्लिएर खस्दा एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान २ बजे काठमाडौँबाट धनगढी जादैँ गरेको ना ६ ख७४६३ नम्बरको बसका सहचालक कैलालीको गोदावरी नगरपालिकाका ३४ बर्षिय तेज बहादुर बोहोरा बेपत्ता भएका हुन् ।
बसको ढोकाबाट झरेर चाउचाउ किन्न भनी ओर्लने क्रममा चिप्लिएर खरहेखोलामा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
बोहोराले लगाएको चप्पल केही तल भेटिएको र अहिले खोजतलास भइरहेको प्रवक्ता अधिकारीले बताए ।
अहिले खोजतलास तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारसंग समन्वय भइरहेको उनको भनाई छ ।





















