चितवन / काठमाण्डौंको टिचिङ अस्पतालमा कार्यरत बरिष्ठ न्यूरोफिजिसियन डा. निरज गौतम चितवनको मौलाकालिका अस्पतालमा आउनु हुने भएको छ । यही असार १८ गते चितवन आउन लाग्नु भएको हो ।
मौलाकालिका अस्पतालका अनुसार नसा सम्बन्धी समस्या, टाउको दुख्ने, माइग्रेन, पार्किन्सन्स डिजिज, प्यारालाइसिस सम्बन्धी समस्या, हात–खुट्टा जम्झमाउने, हात खुट्टा लाटो हुने, प्रेसरले हानेको मस्तिष्कघात, सम्बन्धी सम्पूर्ण बिरामीले सेवा लिन सक्नेछन् । सेवा लिनका लागि आफ्नो नाम लेखाउन अस्पतालले अनुरोध गरेको छ ।






















