चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरको अबको ध्यान उत्पादन र रोजगारिमा हुने बताएका छन् ।
शुक्रबार भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा चितवन आएका प्रचण्डले भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भएको बताउदै अबको ध्यान उत्पादन र रोजगारिमा केन्द्रित हुने बताएका हुन् ।
उनले आफूपनि चितवनकै जनप्रतिनिधि भएकाले भौतिक विकासका लागि पहल गरेको र धेरै सडकहरू कालोपत्रे भएको हुँदा यहाँका जनताहरु हिलो धुलो बाट मुक्त भएकाले अबको समयमा सडक मात्र केन्द्रित नभएर उत्पादन र रोजगारिमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।
भरतपुरमा विगतको पाँच वर्षमा धरै राम्रा काम भएका कारण अबको आगामी पाँच वर्षमा पनि राम्रा काम हुनेमा विश्वस्त रहेको बताए । हरेक भौतिक योजनाहरूमा प्राथमिकतामा छनौट गर्दै अघिल्लो पाँच वर्षमा पहिलो प्राथमिकतामा भौतिक विकास धेरै भएकाले अबको पाँच वर्षमा जनताको जीवन रक्षाका लागि अगाडी बढ्न सुझाव दिएका छन् ।
उनले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताएका छन् । सुझावहरूलाई मार्मिक रूपमा लिएर नीति तथा कार्यक्रममा समावेश गर्नका लागि सुझाव दिँदै आफूलाई निर्वाचित गर्नेहरूलाई यी कोही हैनन् भन्ने सोचले आफूहरूलाई पछाडी धकेली रहेका कारण मतदाताहरूलाई कहिल्यै बिर्सन नहुने बताए ।






















