चितवन / भरतपुरमा भोलि बिद्युत अबरुद्द हुने भएको छ । मर्मत सम्भारको लागि भोलि (शुक्रबार) बिहान ९ बजे देखि साँझ ५ बजे सम्म बिद्युत अबरुद्द हुने भएको हो ।
भरतपुरको वितरण केन्द्र अन्तर्गतपर्ने मेघौली फिडरको मिलन ,चोक चाँदनी चोक, जोतिनगर एरियामा ११ के भी लाइन अफगेरेड गर्ने कार्यको लागि चाँदनी चोक देखि गोलाघाट सम्म र खाएरघारी धरमपुर समेतको विद्युत लाइन अबरुद्द हुने जनाईएको छ ।
समय आगाडी काम सकिएमा लाइन आगाडी नैं सुचारु हुने नेपाल बिद्युत प्राधिकरण चनौलीले जनाएको छ ।





















