चितवन / एसईईको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि अंकुरम एकेडेमी भरतपुरले एइई स्तरिय फुडसल प्रतियोगिता आयोजना गरेको छ ।
विद्यार्थीहरुमा लुकेर रहेको क्षमता विकास संगै बैयक्तिक र शारिरिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले अंकुरमले प्रतियोगिता आयोजना गरेको एकेडेमीका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रेमबस्ती माविको समुह प्रथम भएको छ । यस्तै फस्ट रनरअफ अंकुरम एकेडेमीको समुहले हात पार्न सफल भएको छ। विद्यार्थीहरुमा थप हौसला बढाउन प्रथम हुनेलाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद ५ हजार र फस्ट रनरअफलाई प्रमाणपत्र,मेडल सहित ३ हजार नगद प्रदान गरिएको एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले बताए ।
प्रतियोगितामा एईईको परिक्षा दिएर बसेका २४ समुहका १९२ विद्यार्थीहरुको सहभागिता रहेको थियो । डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुदैं आइरहेको अन्तराष्ट्रिय स्तरको विद्यालय अंकुरम्ले विद्यार्थीहरुको चाहना अनुसार प्रयोगात्मक रुपमा स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।





















