गोरखा / डा. बालकृष्ण शर्माद्धारा आँपपिपल अस्पताललाई माइक्रोस्कोप सहयोग गर्नुभयो ।
गोरखा जिल्लाआँपपिपल गाविस सिम्पानी जन्मस्थान भै हाल विगत लामो समयदेखि अमेरीकालाई आफ्नो कर्मथलो बनाई नेपालमा स्वास्थ्य,शिक्षा तथा अन्य विविध क्षेत्रमा निस्वार्थ सहयोग गर्दै आउनु भएका डा. बालकृष्ण शर्मा (मरहट्टा) ज्यूको सहयोगमा आज आईतबार मिति २०७९ जेठ २९ गतेका दिनमा हर्मि निवासी श्री ईश्वरी सापकोटाज्यूबाट एक थान OLYMPUS microscope अस्पतालमा हस्तान्तरण गर्नुभयो ।
डा.मरहट्टा मार्फत कोभिड १९ को समयमा समेत स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको थियो। यस्तो किसिमको सहयोग तथा मार्गदर्शनका लागि आँपपिपल अस्पताल परिवारले डा. बालकृष्ण मरहट्टा लगायत उहाँको टिम प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

डा. बालकृष्ण मरहट्टाले अमेरिकाबाट फेसबुकमा पोष्ट गरेको अंश
खुसी लाग्यो ( आँपपिपल हस्पिटल लाई सानो सहयोग गर्ने मौका मिल्यो )
हाम्रो आँपपिपल हस्पिटल (जुन मेरो जन्मस्थल लिगलिग सिम्पानी, गोर्खा बाट नजिकै पर्दछ) लाई म डाक्टर बाल कृष्ण शर्मा (मरहट्टा ) को र मेरो श्रीमती राधा शर्मा को तर्फ बाट हाम्रो आफ्नो निजि श्रोत(रकम ) ले सहयोग स्वरुप किनिदिएको एउटा नया ओलम्पस माइक्रोस्कोप किन्ने र आँपपिपल हस्पिटल मा पठाई सहयोग गर्ने आवसर प्राप्त भयोस हामीलाई उक्त माइक्रोस्कोप त्यो हस्पिटल मा सहयोग गरेमा हस्पिटल ले नया ल्याब माइक्रोस्कोप प्राप्त भै राम्रो सदुपयोग हुने भन्ने बारेमा हस्पिटल संग सर – सल्लाह गरी मलाई खबर गर्ने, साथै हामीले खरिद गरीदिएको माइक्रोस्कोप काठमाडौँ देखि आफै आँपपिपल हस्पिटल सम्म लगी हस्पिटल प्रशासन लाई हस्तान्तरण गरी दिनु हुने श्री इश्वरी सापकोटा सर लाई धन्यबाद दिदै उहाँ प्रति म आफु सार्है कृतज्ञ भएको कुरो पनि ससम्मान प्रकट गर्दछु ।
धन्यवाद
डाक्टर बाल कृष्ण शर्मा
(Dr. Bal Sharma)
लिगलिग सिम्पानी, गोर्खा (हाल संयुक्त राज्य अमेरिका)





















