चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव नगरिएको प्रष्ट पार्नु भएको छ ।
आज शुक्रबार निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) भरतपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले विगतमा निजी विद्यालयहरुसँग सहकार्य गरेर शैक्षिक गुणस्तर वृद्धिमा लागेको उल्लेख गर्नुभयो । ‘महानगर सबै शैक्षिक संस्थाको अभिभावक हो’उहाँले भन्नुभयो,‘सहकार्य र सल्लाह सुझाव लिएर अघि बढ्छौ ।
विगतमा पनि शिक्षा समितिमा निजी विद्यालयबाट प्रतिनिधित्व गराएका थियौ।’ मेयर दाहालले भेदभावको कुरा आएपनि त्यस्तो कुनै पनि भेदभाव नभएको जिकिर गर्नुभयो । छात्रवृतिका लागि केन्द्रीय नीति अनुसार निजीलाई दिन नमिल्ने उहाँको भनाई थियो ।

त्यस्तै भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सस्थागत र सामुदायिक विधालयहरु माथिको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ । सस्थागत र सामुदायिक विधालयहरुमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका छन, ती बिभेदहरुको तत्काल अन्त्य हुन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो ।
भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सस्थागत र सामुदायिक विधालयहरुम हुने गरेका विविध बिभेदहरुको अन्त्य गर्न आफुले सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।
उहाँले देश आत्मनिर्भर बन्न गुणस्तरिय शिक्षाको आबश्यकता रहेको पनि बताउनु भयो । शिक्षा बिना देशको भबिस्य अन्धकार छ अधिकारीले भन्नू भयो,एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई सुधार्न पनि शिक्षा आबश्यक छ । उप प्रमुख अधिकारीले मानव जीवनसग शिक्षाको सम्बन्ध जोडिएको पनि बताउनु भयो । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ उप प्रमुख अधिकारीले भन्नू भयो ।
भरतपुर महानगरपालिका ९४ वटा निजी विद्यालय छन् । जसमा ६० हजार विद्यार्थीहरु अध्धयन गरिरहेका छन् भने ४ हजार शिक्षक कर्मचारी कार्यरत छन् । प्याब्सनको तथ्याङ्क अनुसार नेपालका निजी विद्यालयले एसएलसीमा ८२ प्रतिशत र ग्रेडिङ परीक्षामा ८० प्रतिशत नतिजा ल्याउने गरेको छ ।
भरतपुरको शैक्षिक गुणास्तरमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको प्याबसन भरतपुरको दाबी छ । भरतपुर प्याबसनले भरतपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न निजी–सरकारी साझेदारी अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिएको छ ।
कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर प्याब्सनका अध्यक्ष लेखराज खनाल,प्याब्सनका केन्द्रीय सदस्य मोहन लामा लगायतले मन्तव्य राख्नु भएको थियो ।





















