चितवन / राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको १७ औं स्थापना दिवस चितवन शाखाले एक कार्यक्रमका बीच मनाएको छ।
भरतपुर स्थीत बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रहेका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।
स्वास्थ्यकर्मीहरुको भूमिका हरहमेशा महत्वपूर्ण रहने भन्दै प्रमुख अतिथि न्यौपानेले थप बिरामीमैत्री बन्न आग्रह गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो।
क्यान्सर अस्पताल भरतपुरका निर्देशक देज कुमार गौतम डा.कृष्ण रेग्मी डा.प्रतिक अधिकारी एमाले नेता भक्तिप्रसाद गौतम,सनत लामिछाने स्वास्थ्यकर्मी नारायण न्यौपाने,शान्ता पन्त, इश्वरी प्रसाद ढकाल,सीतादेब ढुङ्गाना,तारा दवाडी रीता चापागाईं लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ चितवनका अध्यक्ष केशव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भनें सञ्चालन सचिव विष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो ।
क्यान्सर अस्पताल भरतपुरका रहेका ५०बढी बिरामीहरुलाई सो कार्यक्रममा फलफूल वितरण गरिएको हो। राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको सुवेच्छुक सङ्गठन हो।





















