चितवन / बैंक अफ काठमाण्डूले चितवनको भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकमा शाखा संचालनमा ल्याएको छ।
यस बैंकले चितवनको भरतपुर स्थित हाकिम चोकमा आफ्नो पाचौं शाखा विस्तार गरेको हो ।
आज (बुधबार) बाट नै बैँकले आफ्नो सबै सेवाहरु सुरु गरेको जानकारी दिएको छ । देशभर यसको १०४ शाखा रहेको छ । चितवनमा भने लायन्स चोक, धर्मचोक लंकू, पुतली बजार र पर्सा टाँडीमा यसको शाखा रहेको छ ।

यस बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिने बताइएको छ । चितवनलाई बैँक अफ काठमाण्डूले सँधै प्राथमिकता दिएकोले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई पनि प्राथमिकता र प्रोत्साहन दिने गरि कारोबार शुरु गरेको छ ।
बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।


























