चितवन / भरतपुर महानगरपालिका वडा नं ११ को नवजागृति सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा आईतबार विश्व वातावरण दिवस को अवसरमा सामुदायिक वनमा ,जैविक विविधता सरंक्षणमा युवा हरुको भुमिका, विषय मा वडा मा रहेका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

बिश्व वाताबरण दिवसको दिन पारेर बार्षिक कार्यतालिका अनुसार वाड नं ११ भित्र रहेका ८ वटा सामुदायिक र आबासिय बिध्यालयका १५ जना छात्र, छात्रा सहभागी “ सामुदायिक बन र जैविक विविधता संरक्षणमा युवाहरुको भुमिका विषयक शिर्षकमा बकतृत्वकला प्रतियोगिता भब्य, सभ्य र सामाजिक चेतनामुलक सन्देस सहित सप्पन्न भयो ।
उक्त कार्यक्रमको अध्यक्षता वन उपभोक्ता समुहका अध्यक्ष देव कुमार गुरुङले गर्नु भएको थियो भने प्रमुख अतिथि वाड न.११ का जन निर्वाचित वाड अध्यक्ष कमल बहादुर मल्ल गर्नु भयको थियो भने बिशिस्ट अतिथि सब डिभिजन आपटारि र अतिथि वाड ११ का प्रमुख राजनैतिक दलका प्रमुख एव प्रतिनिधि, सामुदायिक बनका सल्लाहकार , बिज्ञ समुह ,टोल बिकास संस्थाका अध्यक्ष एव प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमा स्वागत भाषण समुहको सचिव एव उक्त कार्यक्रमको संयोजक बिष्णु कुमारी शर्मा सापकोटाले गर्नु भएको थियो ।
भने कार्यक्रम प्रस्तोता कार्यसमिति सदस्य प्रकाश देवकोटाले गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा नारायणी पब्लिक आवासिय बिद्यालयका छात्रा सौरबि हमाल प्रथम, लोटस एकेडेमीको आवासिय माबिका छात्रा आर्या अधिकारी द्दितिय, मनसिक्षा मन्दिर आवासिय माबि का छात्रा समिक्षा न्यौपाने तृतीय , सहित सान्त्वना तीन जनालाई प्रधान गरिएको थियो । उक्त कार्यक्रममा सहभागी मध्ये पुरस्कृत हुने सबै छात्रा मात्रै सफल भए ।





















