काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामबाट अत्यन्तै असन्तुष्ट रहेको बताएका छन् ।
तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताएका हुन् । पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उनको भनाइ छ ।
‘स्थानीय निर्वाचनको परिणामबाट अलिअलि मात्र होइन, बेहद असन्तुष्ट छौं,’ उनले भने, ‘गठबन्धन पनि सम्मानजनक सिट बाँडफाँट भएन, त्यसैमा हो हामी असन्तुष्ट भएका ।’
आफ्ना असन्तुष्टिहरु पाँचदलबीचमा पनि राखेको र आफूहरुले पनि समीक्षा गरिरहेको सम्मानि नेता खनालले बताए ।





















