चितवन / नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन भएका छन् ।शुक्रबार जगतपुरमा सम्पन्न मञ्चको पाँचौ अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
लामो समयदेखि व्यवसायमा आवद्ध अधिकारी नारायणगढको पुल्चोकस्थित शुभकामना इलेक्ट्रोनिकका सञ्चालक हुन् ।
मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, द्धितिय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल गौतम, निशान पौडेल, ई दिपक खनाल, राजन पौडेल र दिलिप पौडेल चयन भएका छन् ।





















