आदिकवि भानु तिमी तनहुँमै जन्मिएका
भानुभक्त नाम गरी यसमै रमिएका ।।
अघि बढ्रयौ भानु तिमी सभ्यताको पाईला चाल्दै
भाषाको निर्माणमा उज्यालो दियो बाल्दै ।।
आमाको त्यो काखबाट तनहुँमा आए
तनहुँमै हाँसे रोए , रम्घामा रमाए ।।
घाँसीको प्रेरणाले उनी कविता लेख्न रमाए
लेखँ कविता भनी सृजनामा कलम समाए ।।
हरियाली डाडाँपाखामा जन्मे त्यही ठाँउमा मरे
मरेरै गए पनि साहित्यमा उनले भण्डार भरे ।।
नेपाली भाषामा उनले रामायण लेखे कति
उनलाई चिनाउने राम नै हुन मोति ।।
कति लेखै पुस्तक उनले राखे नाम पनि
खोजी पढौं उनका पुस्तक साह्रै मार्मिक छु नि ।।
सरस्वतीबाट ठूलो बरदान पाप्त गरेका तिमी
भवना , दया , भाषा , प्रेममा छौं है कति धनी ।।
फूलसरि रहेर उनले सुगन्ध पनि छरे
पैसा त हातको मैला साहित्य ठूलो हो रे ।।
आजको काम अहिल्यै गरौं नराखौं है बासी
भानुभक्तलाई चिनाईदिएकोमा धन्यबाद छ मोति ।।
( लेखक शिलु रेग्मी भरतपुर ११ को नारायणी पब्लिक स्कूलको कक्षा ८ मा अध्यानरत हनुहुन्छ )






















