काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक राखेर राजा नफर्किने बताएका छन्। बिहिबार थापाले सामाजिक संजाल फेसबुक मार्फत् एक स्टाट्स लेख्दै सो कुरा बताएका हुन्।
थापाले लेखेका छन्, ‘आन्दोलनको रापतापमा राजा लगायत विपी,भानुभक्त समेतको शालिक तोडफोड गरियो।त्यो गलत थियो।नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन।शालिक राखेर राजा फर्कने होईन।ईतिहासको सम्झना हो।लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’
आज बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको थियो। दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो।
बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो।





















