ललितपुर/ ललितपुर जिल्ला समन्वय समिति (जिसस) मा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएका छन्। जिसस प्रमुखमा नेपाली कांग्रेसका नेता ऋषि फुयाँल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रामलाल थिङ निर्वाचित भएका हुन्। कांग्रेस र माओवादी केन्द्रले जिससमा तालमेल गरेर मनोनयन दर्ता गराएका हुन्।
तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन। उम्मेदवारी नपरेपछि काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिव समेत रहेका महाँकाल गाउँपालिका वडा नम्बर – ३ बाट सदस्य पदमा निर्वाचित भएका ऋषिदेव फुयाँल प्रमुमा निर्विरोध निर्वाचित भए।
उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भए। खुल्ला सदस्यमा काँग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएको सान्दार अनलाईन डट कम लाई जानकारी आएको छ।
अल्पसंख्यकमा काँग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, काँग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको काँग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए। उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन्।
खुला सदस्यमा दिनेश घोरासैनी (कांग्रेस), हरिहर कार्की (कांग्रेस), सादुराम श्रेष्ठ (माओवादी केन्द्र) निर्वाचित भएका छन्। अल्पसंख्यकबाट सुवेरबहादुर पहारी (कांग्रेस), महिला सदस्यमा शोभा महर्जन (माओवादी केन्द्र), महिला सदस्यमा कांग्रेसबाट गीता खड्का र शोभा कार्की निर्विरोध निर्वाचित भएका हुन्। निर्विरोध निर्वाचित जिसस पदाधिकारी र सदस्यलाई बिहीबार पदभार ग्रहण गराउने कार्यक्रम छ।





















